प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास वा फेल जे पनि हुनसक्ने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू लागिपरेको बताएका हुन्।कांग्रेसको सर्वसम्मत निर्णयअनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उनले बताए।

त्यस्तै यो परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने उनले बताए। तर यो राष्ट्रकै हितमा भएको उनले दाबी गरे। ‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन। तर राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो यो। हामीले भन्नुपर्छ यो, सत्य हो। राष्ट्रका पक्षमा बोल्न कांग्रेस डराउनु हुन्न,’ उनले भने।प्रधानमन्त्री देउवाले कांग्रेसका नेता/कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको उनले बताए।पार्टीले राम्रो काम गरिरहेको भए पनि जस अरूलाई जाने, इर्ष्याका कारण पार्टीको नगर्ने गरिएको उनले बताए।

 

तपाईको प्रतिक्रिया