- दिलिप कुमार साह

राजविराज । विश्वव्यापी रुपमा फैलिरहेको रोग कोभिड- १९ हाल आएर ग्रामिण क्षेत्रमा समुदायिक रुपमा फैलिरहेकोले जिल्लाको राजगढ गाउँपालिकाले असोज १९ गतेदिख अनिश्चितकालको लागि अति आवश्यक सेवा बाहेक सार्वजनिक सेवाहरु बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम वढेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले सोमवार सुचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरु बन्द भएको जानकारी दिदै अर्को सुचना जारी नहुन्जेलसम्मको लागि उक्त सेवाहरु बन्द रहने जनाएको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्य नजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतवाट प्रदान गरिने सार्वजनिक सेवाहरु वन्द गरिएको अधिकृत यादवद्वारा जारी गरिएको सुचनामा उल्लेख छ । अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्किन र निस्किनै परेर अनिवार्य रुपमा मास्क लगाउन, सावुन पानीले हात धुन, ३ फिटको दुरी कायम गर्न र सेनिटाइजरको प्रयोग गर्न गाउँपालिकाको नागरिकलाई आग्रह गरेको छ । कोरोनाको संक्रमण बढन थालेपछि गाउँपालिकाको मानिसहरुलाई एक ठाउँमा जम्मा नहुन, हाट–बजार नलगाउन, भोज भतेर नगर्न, औषधी पसल बाहेक अन्य पसलहरु तोकिएको समयमा मात्र खोल्न र गाउँपालिकाको जनसमुदायलाई सचेत र सजग रहन गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले आग्रह गरेका छन् ।साथै कोभिड -१९ बाट बच्नको लागि साबधानी अपनाउनु हुन समेत अधिकृत यादवले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया