- अमर काफ्ले

सपिङ कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाले २४ करोडको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाको कार्यालय र नगर विकास कोषबीच उक्त सम्झौता भएको हो ।इनरुवा सपिङ कमप्लेक्स आयोजना निर्माणका लागि भएको सम्झौतामा नगरपालिकाको तर्फबाट मेयर राजन मेहता र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन ।

इनरुवा सपिङ कमप्लेक्स नाम दिइएको आयोजना १८ महिनाको अवधिमा निर्माण सम्पन्न हुने उल्लेख छ । संरचना निर्माणको ८० प्रतिशत ऋण वापत उपलब्ध हुने र लागत सहभागिता अनुरुपको २० प्रतिशत भने नगरपालिकाको कार्यालयले व्यहोर्नु पर्ने सम्झौतामा उल्लेख छ ।ऋण सम्झौता अनुसार सम्झौता पारित भए पश्चातको २० वर्ष भित्रमा उक्त रकम नगरपालिकाले तिरी सक्नु पर्नेछ । किस्तामा रकम बुझाउनु पर्ने सर्त उल्लेख रहेपनि सम्झौतामा पहिलो २ वर्ष भने रकम बुझाउनु नपर्ने भनिएको छ ।

आयोजना अन्तर्गत इनरुवा मलको नक्शा डिजाइन र इष्टिमेट अनुसार शिव मन्दिर पूर्वतर्फ रहेको सुपर मार्केट भवन भएको स्थानमा पाँचतले भवन निमार्ण हुनेछ । । त्यसैगरी राष्ट्रिय वाणिज्य बैक अगाडी तर्फ रहेको भवन भएको स्थानमा तीन तलाको भवन निमार्ण हुनेछ ।माथिल्लो तल्लामा स्विमिङ पुल समेत रहने कमप्लेक्स आधुनिक र सुविधा समपन्न हुने नगर प्रमुख राजन मेहताको भनाई छ । उनले नयाँ बन्ने संरचना नगरकै सानका रुपमा रहने बताए ।

तपाईको प्रतिक्रिया