इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याएको छ । कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र प्रभावित भएसँगै नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको थियो ।

अहिले कोरोना संक्रमण घट्ने क्रम हुदाँ चलचित्र विकास बोर्ड नेपालले चलचित्र निर्माण र संचलानको निर्णय गरेसँगै सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा हलले फागुन ११ गते नियमपूर्वक उद्घाटन गरि साउथ इण्डियण “पुष्पा” चलचित्रबाट संचालन गरेको छ । फाल्गुन ११ र १२ गते निशुल्क सो संचालनमा ल्याएको र फाल्गुन १३ गतेदेखी “म यस्तो गीत गाउछु २” चलचित्र संचलान गर्ने म्याजिक ३डि सिनेमा हलका संचालक परशुराम चौधरीले जानकारी दिनुभयो । २०७३ साल देखी संचालनमा आएको हल विगत समयमा कोरोनाले प्रभाव पारेकै थियो साथै कोरानाकै कहरका बेला हलमा आगलागि हुदाँ २ कारेड रुपैया बराबरको क्षति भएको संचालक परशुराम चौधरीेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया