- अमर काफ्ले

इनरुवा। एक नम्बर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताउनु भएको हो ।

जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताउनु भएको हो । जुम मिटिङ मार्फत मन्त्री यादवले प्रदेश एकका सबै स्वास्थ्य प्रमुखहरुलाई एकसाथ सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा मन्त्री यादवले स्वास्थ्यकर्मीको भूमिकाको प्रशंशा गर्दै सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउन निर्देशन समेत दिनु भएको छ ।मन्त्री यादव सहितको टोली एका बिहानै इनरुवा अस्पताल पुगेको थियो । अस्पतालका बिरामीलाई फलफुल वितरण गरी २४औं स्वास्थ्य सेवा दिवसको औपचारिक सुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया