- धिरेन्द्र नारायण मण्डल

सुनसरीको इनरुवामा रहेको इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । करिव ११ बर्ष पछि साधारण सभा सम्पन्न गरि नयाँ कार्य समिति चयन गरेको छ । साधरण सभाबाट संजय मेहतालाई अध्यक्ष, अरविन्द केसी र सुशान्त बस्नेत उपाध्यक्ष, मनोज निरौला सचिव, निता कार्की र अमन लिम्बु सहसचिव, पर्वत मानन्धर कोषाध्यक्ष, दिनेश विष्ट, समिर कार्की, सरोज ढकाल, प्रकाश भट्टराई सदस्य सहित ११ जनाको कार्यसमिती चयन गरेको छ ।

करिव एक दशक अगाडि देखी नै इनरुवामा केहि युवाहरुको समुहले इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबको माध्यमबाट नगरमा रहेको विभिन्न खाले समस्यालाई उजागर गर्दै आएको छ । विशेष साहारा विहिनको साहारा, गरिबको झुपडीमा उज्यालो पार्ने देखी लिएर हरेक अवस्थाका समस्यालाई चिरफार गर्दैको आएको छ । सथै समय समयमा स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारलाई ल्याएर सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया