इटहरी / इटहरी स्थित एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु भएकाे छ । इटहरी २ बरगाछीका साढे ३ वर्षीय सन्देश शाहको मृत्यु भएपछि आफन्तले प्रदर्शनका गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको मृत्यु भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

बालककाे शव सडकमा राखेर आफन्तले प्रदर्शनका गरेका छन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाइ छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया