- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । इनरुवाका सविन नेपाल र दीक्षा सिवाकोटीको अभिनयमा तयार पारिएको म्यूजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो ।

सांगीतिक क्षेत्रमा पहिचान बनाउन संघर्षरत नेपाल आफ्नो पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका हुन् । सिद्धान्त खड्काको स्वर रहेको म्यूजिक भिडियोलाई कोशी भिजन इटहरीले तयार पारेको छ ।

अमर श्रेष्ठको शब्द र संगीत रहेको म्यूजिक भिडियोलाई सुजन तामाङले निर्देशन गरेका छन् ।
श्याम गिरीको छायांकन रहेको उक्त म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा स्थानीय क्षेत्रका रमणीय दृष्यहरु समावेश गरिएको देख्न सकिन्छ ।

भिडियो हेर्नको लागि क्लिक गर्नुहोस …



तपाईको प्रतिक्रिया