विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सामाजिक क्षेत्रमा सक्रिय मण्डलको अवस्था गम्भिर भएपछि विराटमा उनको प्लाज्मा थेरापी विधीबाट उपचार सुरु गरिएको थियो । उपचारका क्रममा उनकाे शनिबार बेलुका मृत्यु भएको हाे । मृतक मण्डल बिराटनगरका परिचित थोक औषधी व्यावसायीका साथै विभिन्न संघ संस्थामा आवद्द थिए।



तपाईको प्रतिक्रिया