सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस सिंगो पार्टी भएको भन्दैै कुनै समूह वा गुट नरहेको बताउनु भएको छ । पार्टी भित्र बेग्लाबेग्लै समूहले आफु अनुकुलको भेला र गोष्ठी आयोजना गर्दै आएको बारेको संचारकर्मीको जिज्ञासामा कार्कीले केन्द्रिय कार्य समितिको निर्णय अन्तिम हुने बताउनु भयो ।

वहाँले भन्नु भयो, “तपाईहरुले समूह समूह भन्नु हुन्छ । कांग्रेस एउटै हो । हाम्रो कुनै समूह छैन । सबै विषयका छलफल स्वतन्त्र पूर्वक गछौं र हामी जो निर्णय गछौं एक भएर पालना गर्ने कांग्रेसको परम्परा छ । केन्द्रिय कार्य समितिको बैठक जारी छ । बैठकले जो निर्णय गर्छ । त्यो सबै कांग्रेसको निर्णय हुनेछ ।”

फरक प्रशंगमा मन्त्री कार्कीले गठबन्धन आजको आवश्यक्ता भएको बताउनु भएको छ । स्थानीय चुनाव मात्रै नभई तीनै तहको निर्वाचन सम्म गठबन्धनको सरकार कायम रहने समेत बताउनु भएका कार्कीले औचित्य र आवश्यक्ताका आधारमा कांग्रेसले चुनावमा तालमेल गर्ने बताउनु भयो ।सरकारले बैशाख ३० गतेको निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउनु भएका मन्त्री कार्कीले निर्वाचन आयोगको माग बमोजिम तयारी सरकारले अघि बढाएको बताउनु भयो ।

इनरुवा अस्पताल निरीक्षण पश्चात संक्षिप्त धारणा राख्ने क्रममा मन्त्री कार्कीले नेपाल सरकारको तर्फबाट अस्पताललाई डेढ करोड सहयोग उपलब्ध गराएको र रकम निकाशाको क्रममा रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अस्पताल प्रमुख डा. देबराज घिमिरेले विगत र वर्तमानको बारे जानकारी गराउँदै स्रोत साधनको पर्याप्तताको सवालमा सहयोगको खाँचो रहेको बताउनु भयो । घिमिरेले उपलब्ध हुने भनिएको रकम स्थानीय आवश्यक्ता अनुरुप खर्च गर्ने व्यवस्था मिलाइदिन समेत आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया