इटहरी / इटहरीमा बम बिस्फोट हुदाँ दुईजना घाइते भएका छन् । इटहरीमा गए राती साढे १० बजे भएकाे बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका हुन् ।

घाइते थापाको बिराटनरस्थित आखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट सुतली बम बिस्फोट हुँदा दुवैजना घाइते भएको जनाइएको छ । घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ । बिस्फोटका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए ।

तपाईको प्रतिक्रिया