नेकपा एमालेले सुनसरीको इनरुवामा बृहत आमसभाको आयोजन गर्ने भएको छ ।चैत्र ३० गते महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ ।

एमाले जिल्ला प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । जसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नु हुनेछ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले आमसभासँगै औपचारिक रुपमा सुनसरीमा पार्टीको चुनावी अभियान सुरु हुने समेत बताए ।
भण्डारीले बैशाख ३० गतेको चुनाव बाट माओवादी सहित नेकपा एकीकृत समाजवादी पत्तासाफ भएर जाने ठोकुवा गरे । उनले सुनसरीमा अन्य दलबिचको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने बताए ।

तपाईको प्रतिक्रिया