हात धोऔं, स्वस्थ रहौं / उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी इनरुवाकी एक महिलाको आज मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि नियमित चेकजाँचको क्रममा महिलालाई कात्तिक १४ गते अस्पताल भर्ना गरिएको थियो । सो क्रममा संक्रमण पुष्टि भएयता उनी विराट मेडिकल कलेजमा उपचाररत थिइन् । उपचाररत अवस्थामा ४५ वर्षिया महिलाको आज मृत्यु भएको स्वास्थ्य शाखा इनरुवाले पुष्टि गरेको छ । मृतक महिला सुनचाँदी व्यवसायीको श्रीमती भएको बताइएको छ । यस असामयिक निधनप्रति इनरुवा अनलाईन परिवार हार्दिक भावपूर्ण श्रद्दाञ्जलि व्यक्त गर्दछ।



तपाईको प्रतिक्रिया