- दिलिप कुमार साह

राजविराज । राजविराज कारागारका एक सय चार जना कैदीबन्दीहरु कोरोना मुक्त भएपछि उनीहरुलाई व्याक्तिगत सरसफाइका लागि विभिन्न समाग्रीहरु वितरण गरिएको छ। प्रदेश नम्बर २ युनिसेफ र एनसीभीको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको (एससीडीसी) आयोनामा हातधुने, लुगाधुने साबुन, तोलिया, दाँत ब्रस, पेस्ट, काइयो एक-एक थान प्रदान गरेको एससीडीसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।

कारागार प्रमुख संजयकुमार राम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक कुशराम कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, सञ्चारकर्मीहरु अमर मंडल, नविणकुमार गुप्ता, संजिवकुमार शाह लगायतले उक्त सामग्री वितरण गरेको हो ।



तपाईको प्रतिक्रिया