स्थानीय तहको निर्वाचनकोलागि इनरुवामा अबेर सम्म पनि मनोनयन दर्ताको क्रम जारी छ । अहिले सम्मको प्राप्त विवरण अनुसार नेपाली काँग्रेसबाट नगर प्रमुखको पदमा केदार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी काँग्रेसबाट उप प्रमुख तर्फ बिनिता देवी मेहताले मनोनयन दर्ता गराएकी छिन ।

काँग्रेसको वडा तर्फ अध्यक्षकालागि १ नम्बरमा प्र्रमोद पोखरेलले मनोनयन दर्ता गराउँदा वडा नम्बर २ मा रञ्जेश भट्टराई, ३ मा रोशन खड्का, ४ नम्बरमा जितेन्द्र यादव, ५ मा अनिल पोखरेल, ६ मा सुमन थापा, ७ मा हिक्मत सिङ, ८ मा रविन्द्र कुमार मण्डल, ९ मा किशुन देव मेहता र १० मा खलिल मियाले उम्मेदवारी दर्ता गराएका छन ।इनरुवाका निर्वतमान मेयर राजन मेहताले वडा नम्बर २ बाट खुल्ला सदस्य पदमा मनोनयन दर्ता गराएका छन ।यता नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा सरोज पोखरेलले उम्मेदवारी दर्ता गराएका छन । उप प्रमुखमा सहजादी प्रविणले उम्मेदवारी दिएकी छिन् ।

एमालेको वडाअध्यक्ष तर्फ १ नम्बर वडामा चेतप्रसाद अधिकारी, २ मा विश्वनाथ ठाकुर, ३ मा रमेश श्रेष्ठ, ४ मा राजेश मेहता, ५ मा गोपी ढकाल, ६ नम्बरमा लक्ष्मण कार्की, ७ मा बनु चौधरी, ८ मा अशोक साह, ९ मा वशिरमुद्दिन मन्सुरी र १० मा सुल्तान मियांले मनोनयन दर्ता गराएका छन ।माओवादी केन्द्रबाट उप प्रमुखमा ओमकार दाहाल (ओके)को उम्मेदवारी परेको छ । वडा अध्यक्ष तर्फ १ मा गुणराज सुवेदी, २ मा ध्रुव नारायाण पंडित, ३ मा सुवास तिम्सिना, ४ नम्बरमा सूर्य नारायण यादव, ५ नम्बरमा दिल नारायण श्रेष्ठ, ६ नम्बरमा झबरु चौधरी, ७ मा दुर्गे्रस चौधरी, ८ मा रामधनी मण्डल, ९ मा लक्ष्मण यादव र १० नम्बरमा मुख्तार आलमको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा वशन्त सुवेदी र उप प्रमुखमा यशोदा कंडेलले उम्मेदवारी दर्ता गराएका छन ।यसैगरी जसपाबाट प्रमुख पदमा दिलिपचन साहु, उप प्रमुखबाट सरिता कुमारी यादवले मनोनयन दर्ता गराएका छन । जनमत पार्टीबाट संजिव कुमार चौधरी, विवेकशिल साझा पार्टीबाट राजु नन्दी, नेकपा मालेबाट सुनिल कुमार साह हलवाई, राप्रपाबाट चन्देश्वर चौधरीले नाम दर्ता गराएका छन । राप्रपाबाट उप प्रमुखमा सञ्जु उरावले नाम दिएकी छिन ।

यता स्वतन्त्र मेयरमा उम्मेदवारी दिनेहरुमा गोपाल प्रसाद कोइराला, भिष्म आचार्य, अम्बर बहादुर श्रेष्ठ रहेका छन । उप प्रमुख तर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट रामसी देवी चौधरी रहेकी छिन । काँग्रेस नेतृ बिनिता दाहालले समेत उप प्रमुखमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएकी छिन ।

यस्तै वडा अध्यक्ष तर्फ लक्ष्मी प्रसाद साह हलवाई, कलाधर पोखरेल, टंक प्रसाद पोखरेल , देवनारायण सुतिहार, योगेन्द्र प्रसाद शर्मा, श्याम कुमार श्रेष्ठ, सिंगेश्वर मेहता, विलट चौधरी, नेत्रकुमार श्रेष्ठ नेकपा माओवादी समाजवादी, लक्ष्मण साह जसपा, भुपेन्द्र सिंह यादव स्वतन्त्र, पुकार श्रेष्ठ राप्रपा, बुधनारायण चौधरी राप्रपा, एकराज धामी जसपा, सुदिन मिया नेकपा माओवादी समाजवादी, अनिरुद्र साह राप्रपा, रामनारायण चौधरी स्वतन्त्र, अञ्जनी पोखरेल स्वतन्त्र (एमालेका निवर्तमान वडा अध्यक्ष), बलराम चौधरी राप्रपा, देवेन्द्र कुमार राई राप्रपा, बिनोद कुमार चौधरी जसपा, बबिता स्वर्णकार स्वतन्त्र, सितोष कुमार पोखरेल स्वतन्त्र (नेकाका जिल्ला नेता) र युनुस मन्सुरी राप्रपा रहेका छन ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट इनरुवा ३ को वडा अध्यक्षमा सुबास राई, वडा नम्बर ४ को अध्यक्षमा सूर्य नारायण मण्डल र वडा ६ को अध्यक्षमा बिनोद कटवालले नाम दर्ता गराएका छन ।मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले मनोनयन दर्ताकालागि तोकिएको समयावधि साँझको ५ बजे सम्म परिषर भित्र प्रवेश गरीसकेका उम्मेदवारहरुको मनोनयन दर्ताको क्रम भने जारी रहेको जनाएको छ । मूख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीका अनुसार समय भित्र परिषरमा प्रवेश गरेकाहरुको अबेर सम्म मनोनयन दर्ता गराइने छ ।

तपाईको प्रतिक्रिया