- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा इनरुवा नगर कमिटीले सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाको कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ ।पत्रकार सम्मेलनका बिच स्थानीय तह निर्वाचन पछिका सबै खर्च विवरण सार्वजनिक गर्न नेकपा इनरुवा नगर कमिटीले ७ दिने अल्टिमेटम दिएको हो ।

कमिटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिकामा ब्यापक अनियमितता बढेको भनि बाहिरिएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको छ । विगतका वर्ष देखिनै नगर भित्रको अनियमितता छानबिन हुनु पर्ने आफुहरुको आवाज रहँदै आएको सन्दर्भमा उप प्रमुखले समेत उक्त आशयको अभिव्यक्ति सार्वजनिक गर्नुले अनियमितता पुष्टि गरेको छ । त्यसैले सम्पूर्ण हिसाब किताब ७ दिन भित्र सार्वजनिक गरियोस’ ।नगर कमिटी अध्यक्ष तिर्थ अधिकारी र सचिव तोया गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनप्रतिनिधिहरुले जिम्मेबारी सम्हाले यताका सबै नीति, कार्यक्रम र योजनाको खर्च विवरण सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।आफुहरुको माग बेवास्ता गरिए नगरवासीको साथमा नगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष अधिकारीले बताए ।पत्रकार सम्मेलनमा नगरपालिकाबाट हुँदै आएका अधिकांश कामहरु नियम बेगर संचालित हुँदै आएको आरोप लगाइएको छ । कर्मचारी पदपूर्ति सम्वन्धमा समेत पत्रकार सम्मेलनमा असन्तुष्टि जनाइको छ । विवादास्पद मापदण्ड राखी विज्ञापन आव्हान गरिनुलाई नेपकाले नगर प्रमुखको व्यक्तिगत स्वार्थको अरोप लगाएको छ ।



तपाईको प्रतिक्रिया