- अमर काफ्ले

उम्मेदवारी फिर्ताको समयसीमा भित्र इनरुवा नगरपालिकामा २३ जनाले नाम फिर्ता लिएका छन ।मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका मध्ये २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्र तर्फ मनोनयन दर्ता गराएकाहरु रहेका छन । उम्मेद्वारी फिर्ता लिनेमा नगर प्रमुख तर्फ नेकपा एकीकृत समाजवादीका बशन्त सुवेदी र स्वतन्त्र तर्फ प्रमुखमा उम्मेदवारी दिएका गोपाल कोइराला रहेका छन ।

यस्तै उप प्रमुखमा मनोनयन दर्ता गराएकी एकीकृत समाजवादीकी यशोदा कंडेल सहित स्वतन्त्र तर्फ उप प्रमुखमा उम्मेदवारी दिएकाहरु बिनिता दाहाल र उषा थापा मेहताले समेत नाम फिर्ता लिएका छन ।वडा नम्बर २ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका दशन कुमाल, लक्ष्मी महतो, प्रकाश मेहता, बबिता स्वर्णकार, भुपेन्द्र सिंह यादव, योगेन्द्र प्रसाद शर्मा र सुरेन्द्र महतोले नाम फिर्ता लिएका छन ।यस्तै उम्मेदवारी फिर्ता लिनेमा ३ नम्बर वडा सदस्य तर्फ रामबहादुर कटुवाल, १० नम्बर महिला सदस्य कमली देवी खत्वे, सदस्य बिन्देश्वर बाँतर छन । १० नम्बरबाट स्वतन्त्र वडा अध्यक्षमा उम्मेदवारी दिएका ऐयुब मियाले समेत नाम फिर्ता लिएका छन ।अध्यक्ष तर्फ ५ नम्बरमा उम्मेदवारी दिएका अञ्जनी कुमार पोखरेल र स्वतन्त्र तर्फका कलाधर पोखरेलले समेत नाम फिर्ता लिएका छन । वडा अध्यक्ष तर्फ ३ नम्बरबाट स्वतन्त्र उम्मेदवारी दिएका सितोषकुमार पोखरेलले भने नाम फिर्ता लिएनन ।यस्तै नाम फिर्ता लिनेहरुमा दिलबहादुर परियार, अनिता प्रधान, छविरमण भट्टराई, हरिलाल खत्वे, सरोदेवी चमार रहेका छन ।मनोनयन फिर्ताको समय सकिएसँगै इनरुवामा ५२ पदको लागि ३ सय १३ जनाबिच प्रतिष्पर्धा हुने टुङ्गो लागेको छ ।

तपाईको प्रतिक्रिया