- अमर काफ्ले

विगतका वर्षहरुको तुलनामा यस पटक छठ पर्व धेरैले आफु अनुकुलको बन्दोवस्तीका साथ मनाएका छन् ।कोरोना महामारीका कारण सरकारले सार्वजनिक स्थानमा भीडभाड हुनेगरी छठ नमनाउन गरेको आग्रहलाई धेरै हदसम्म नागरिकले स्विकार समेत गरेको देखिन्छ ।


अघिल्ला वर्ष खोला तथा नदी किनार केन्द्रीत हुने छठ यस पटक भने धेरै स्थानमा घरमै सीमित बनेको छ ।सुनसरीको इनरुवा सहित विभिन्न स्थानमा यस पटक धेरै ब्रतालुले घरमै खाडल खनी भरिएको पानीमा डुबेर सूर्यलाई अर्घ दिई पूजा गरेका छन् । आँगनमा सम्भव नभएकाहरुले घरको छतमै पानी जमाएर समेत छठ पर्व मनाएका छन् ।


सुनसरी, मोरङको हकमा यसअघि नहरमा पानी नछोडने भनिएको थियो । सोही अनुरुप समेत धेरैले आफु अनुकुलको छठ पूजाको प्रवन्ध मिलाएका थिए । यद्यपि अन्तिम समयमा सुनसरी मोरङ सिचाई आयोजनाले नहरमा पानी छाडेसँगै खोला तथा नहरमा समेत घाट बनाएर छट पर्व मनाउनेको संख्या उल्लेख्य देख्न सकिन्थ्यो ।




तपाईको प्रतिक्रिया