कोरोना कहर बिच तराईमा छठ पर्व मनाइँदै तराई बासीको श्रद्धा, भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व आज शुक्रवार अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर मनाइँदै छ । चार दिन सम्म मनाइँने छठ पर्व भोली शनिवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिए पश्चात सम्पन्न हुँने छ । कोभिड–१९ कोरोना कहरका कारण यो वर्षको सम्पूर्ण चार्ड पर्व भने प्रभावित बनेको छ । कोरोना कहर नियन्त्रण कै लागि जिल्ला प्रशासनले नदि , ताल तलाउ आदी लगायतका जलासयमा छठ पर्व नमनाई आ–आफ्नों घर मैं सुरक्षित तवरले पर्व मनाउँन आग्रह गरेको छ । कोरोनाको त्रासका बिच अधिकांस श्रद्धालुले आ-आफ्ना घर तथा टोल मै छठ पर्व मनाउदै छन भने कतिपयले कोरोनालाई चुनौति दिदै नदि, ताल, तलाउ, नहर आदीमा गई सामुहिक रुपमा विगतमा झै छठ पर्व मनाउदै छन।

पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन बिहिवार रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिईएको छ । शनिवार भोली भने बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर समापन हुने छ । विशेष गरि मैथिल समुदायमा मनाउने यो पर्व केही वर्ष यता पहाडी समुदायमा समेत लोकप्रिय हुदै गएको छ। धर्म र संस्कृतिको कुनै सिमाना नभए झै आस्था र विश्वासका कारण छठ पर्वको महिमाले सम्पुर्ण धर्म प्रति आस्था राख्ने समुदायमा लोकप्रिय हुदै गएको पाईन्छ। छठ पर्व मनाउदा सुख, शान्ति, समृद्धि, चर्म रोग निवारणका साथै संतान प्राप्तीका लागि गर्ने गरिएको धार्मिक आस्था रहेको छ । आ-आफ्नै सैली र अवस्थामा छठ पर्व मनाउदै गरेका सम्पुर्ण श्रद्धालुहरुमा सुख, शान्ति तथा समृद्धिकालागि छठि माता संग इनरुवा अनलाईन परिवार हृदय देखि नै माता संग प्रारथाना गर्दछ।



तपाईको प्रतिक्रिया