बलिउड ड्रग्स केसमा भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो । यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ ।

एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ । भारती सिंहको भारतकी चर्चित हाँस्य कलाकार हुन। यस विषयमा थप विवरणहरू भने सार्वजनिक गरिएको छैन । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।

तपाईको प्रतिक्रिया