- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं /इनरुवाको मूख्य बजार रहेको स्थानमा ईनार बन्ने भएको छ ।लोकतान्त्रिक चोकको बिच भागमा नगरको पहिचानका रुपमा प्रतिक चिन्ह ईनार बनाउन लागिएको हो ।उक्त संरचना निर्माणको लागि आज शिलान्यास गरिएको छ । नगर प्रमुख राजन मेहताले प्रतिक चिन्ह ईनारको शिलान्यास गरेका हुन् ।उपभोक्ता समिति मार्फत निर्माण गराउन लागिएको ईनारको लागत १५ लाख रहेको बताइएको छ ।

इनरुवाको इतिहासलाई जगेर्ना गर्न ईनारको प्रतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवका अनुसार नगरपालिकाको कार्यालयको १२ लाख र उपभोक्ताको ३ लाख ईनार निर्माणमा खर्च गरिने छ ।मंसिर अन्तिम साता भित्रमा काम सम्पन्न गर्ने गरी निर्माण प्रकृया अघि बढाइएको अध्यक्ष यादवले जानकारी दिए ।यादवका अनुसार ईनार ५ फिट गहिरो हुनेछ । भुईबाट जम्मा १५ फिटको उचाई भित्र बन्ने संचरनामा प्रतिक चिन्हसँग जोडिएका सबै आकृतिहरु तयार पारिने छन् ।

माथिल्लो भागमा ईनारबाट पानी तान्दै गरेका मानिसको प्रतिक स्वरुप फाइबरका मुर्तीहरु समेत राखिने यादबले बताए ।शिलान्यास कार्यक्रम पश्चात बोल्दै नगर प्रमुख राजन मेहताले मूख्य बजार क्षेत्रमा बन्न लागेको ईनार नगरको पहिचानका रुपमा स्थापित हुने बताए । उनले इनरुवाको नाम ईनारबाटै रहन गएकाले इनरुवाको नाम सँग जोडिएको पहिचानलाई जिवन्त राख्न ईनारको प्रतिक चिन्ह निर्माण गर्न लागिएको बताए ।जंगल फडानी पूर्व इनरुवामा पानीको मूल स्रोत रहेको र सोही पानीको स्रोत रहेको स्थानलाई जनजिब्रोमा इनर–हुवा भनिदै आएकोमा उक्त शब्द अपभ्रंस भई इनर्वा हुुँदै इनरुवा नाम रहन गएको कथन रहि आएको छ ।

यो पनि पढ्नुहोस्ः
निर्माण हुने भो बजारको बिचभागमा इनरुवाको प्रतिक ईनार (भिडियो सहित)

तपाईको प्रतिक्रिया