- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/ कोरोना महामारीका कारण बन्द रहँदै आएका सुनसरीको कोशी गाउँपालिकाका बिद्यालयहरु १४ गतेबाट खुल्ने भएका छन् । गाउँपालिका मातहत रहेको शिक्षा शाखाले आयोजना गरेको सर्वपक्षीय बैठकले लामो सयमयता बन्द रहेका बिद्यालय यही मंसिर १४ बाट संचालनमा ल्याउने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार कोरोनाका कारण ठप्प बनेको पठनपाठन स्वास्थ्य सावधानी अपनाई संचालनमा ल्याउन लागिएको हो ।

अन्सारीले गाउँपालिका भित्र रहेका सबै बिद्यालय सहज रुपमा संचालनमा ल्याउन सोही अनुरुपको तयारी थालिएको बताए ।अध्यक्ष अन्सारीका अनुसार पूर्वाधार सम्पन्न बिद्यालयले दुरी कायम गरी सबै कक्षा एकसाथ संचालनमा ल्याउन पाउने छन् । पूर्वाधार अपुग रहेका बिद्यालयको हकमा भने बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा संचालन गर्नु पर्ने छ ।बिद्यालयमा पठनपाठनको क्रममा मास्क र भौतिक दुरी अनिवार्य गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए ।शिक्षा शाखा प्रमुख सोमराज ढकालका अनुसार गाउँपालिका भित्र रहेका सबै बिद्यालयलाई सेनिटाइजरको साटो साबुन पानीको बन्दोवस्ती अनिवार्य गराउन निर्देशन दिई सकिएको छ ।

तपाईको प्रतिक्रिया