- अमर काफ्ले

शहरी विकास मंत्री कृष्णगोपाल श्रेष्ठले प्रधानमंत्री केपी शर्मा ओलीले राजिनामा दिनु पर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने बताउनु भएको छ ।देशमा संघीयता विरोधी तत्व हावी हुँदै गएको बताउनु भएका मंत्री श्रेष्ठले पार्टी भित्रैका नेता समेत ओली सिध्याउने दाउमा लागेको आरोप लगाउनु भयो ।

मंत्री श्रेष्ठले भन्नुभयोर्, ओलीले प्रधानमंत्रीबाट राजिनामा दिए संघीयता रहँदैन् । पार्टी अध्यक्ष छाडे कम्यूनिष्ट आन्दोलनको अवसान हुनेछ । ओलीको राजिनामा सँगै मुलुक बर्बादीमा जानेछ । त्यसैले पनि प्रधानमंत्रीको राजिनामाको कुरै आउदैन् । अझ ओली सिध्याउछु भन्नेले त दिवास्पन देख्न छाड्नुस ।’

श्रेष्ठले प्रधानमंत्री ओली समय सापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्न समेत बिरोधी खेमालाई आग्रह गर्नु भयो । वहाँले प्रचण्डको आरोप पत्रको जवाफ ओलीले छिटै दिने समेत बताउनु भयो ।प्रदेश एकका विभिन्न योजनाहरुको अनुगमनका क्रममा इनरुवा पुग्नु भएका शहरी विकास मंत्री श्रेष्ठले प्रधानमंत्रीलाई बिरामी र कमजोर व्यक्ति ठान्नु उचित नहुने समेत तर्क राख्नु भयो । श्रेष्ठले प्रधानमंत्रीलाई बुढो बाघ भन्दै अनुभवी, निडर र आत्मविश्वासी नेता बताउनु भयो ।

तपाईको प्रतिक्रिया