- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / मेगा सिटी प्रोजेक्ट अन्र्तगत इनरुवा नगरपालिकाले डेढ अर्व रकम पाउने भएको छ । शहरी विकास मन्त्रालयले कार्य मूल्याङकनका आधारमा छनौट गरेका उत्कृष्ट ६ नगरपालिका भित्र परेको इनरुवाले बृहत्तर बिकासको लागि डेढ अर्व बढी रकम पाउने भएको हो ।

मन्त्रालय मार्फत संचालनमा आएका योजना अनुगमनका क्रममा देश दौडाहामा रहेकोे टोलीका सदस्यहरुले इनरुवामा धारणा सार्वजनिक गर्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् । उक्त कुराको स्वयं शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले खुलासा गर्नु भएको हो । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिका बिच सचिव सिंहले उक्त रकम बारे जानकारी गराएका हुन् ।

सचिव सिंहले भने, इनरुवा नगरपालिका धेरै कुरामा भाग्यमानी सावित भएको छ । यसअघि मन्त्रालयकाले स्मार्ट सिटी परियोजनामा छनौट परेको नगरपालिका यस पटक मेघा सिटी प्रोजेक्टमा पर्न सफल बनेको छ । सिङका अनुसार देशका विभिन्न ६ नगरपालिकामा एडीबीको सहयोगमा मन्त्रालयले एकीकृत बिकास परियोजना अन्र्तगत मेगा सिटी प्रोजेक्ट अघि बढाउने टुङगो लगाएको छ । जसकालागि छनौटमा परेको इनरुवाको भागमा डेढ अर्व रकम पर्ने निश्चित भएको छ ।

सिंहका अनुसार मेगा सिटी प्रोजेक्टका रुपमा इनरुवा छनौट हुन सफल हुनुमा नगरमा सम्पन्न योजना र त्यसको प्रभावकारीताको मूल्याङकन प्रमुख आधार हो ।
शहरी विकास मन्त्रालय मार्फत नगर क्षेत्रमा भएका कामहरु समयमै सम्पन्न गराउनु र परियोजना लागु भएका क्षेत्र मध्ये पार्दशिता र मूल्याङ्कनमा अब्बल ठहरिन सफल बनेकाले समेत इनरुवाले थप सहयोग रकम पाउन लागेको सचिव सिङले स्पष्ट पारे ।

उनले जसको सम्पूर्ण श्रेय भने विशेषगरी नगर प्रमुख राजन मेहतलाई दिए । सबैलाई मिलाएर समयमै स्मार्ट सिटी परियोजना अन्र्तगतका कामहरु सम्पन्न गराउन सफल बनेको भन्दै सचिवले इनरुवा नगरपालिका मन्त्रालयको उच्च मूल्याङकनमा पर्न सफल बनेको बताए । सचिवले डीपीआर तयार गरी ठोस र विस्तृत योजना लिएर मन्त्रालयमा आउन नगर प्रमुखलाई निम्ता समेत दिएका छन् ।

कार्यक्रममा शहरी विकास मंत्री श्रेष्ठले नगर प्रमुखको जिम्मेबारी र नगरले हात पार्दै आएको सफलता सिङगो नगर र नगरवासीको हितमा भएको बताए । उनले सबैलाई मिलाएर बिकासको पथमा अघि बढ्न आग्रह गर्दै काम गरेर देखाउनेलाई मन्त्रालयको साथ र सहयोग समेत निरन्तर रहने बताए ।

सचिव र मन्त्रीको अभिव्यक्तिले हौसिएका मेयर मेहताले नगर भित्र सम्पन्न योजनाको उच्च मूल्याङकन सहित मेगा सिटी प्रोजेक्टमा आफ्नो नगरपालिका पर्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धी भएको बताए । उनले सम्पूर्ण जनप्रतिनिधिका साथै नगरवासी सहितको साथ र सहयोगको कारण उपलब्धी सम्भव भएको प्रतिकृया जनाए ।

तपाईको प्रतिक्रिया