स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

अपराह्न १२ बजे सम्म देश भर करिब ३५ प्रतिशत मतदान भइ सकेको प्रम्भिक तथ्यांक प्राप्त भएको छ । दोलखा ,सर्लाही , सप्तरी रामेछाप , पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा समान्य विवादको कारण मतदान कार्य अवरुद्ध भएकोकोमा सुचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरुमा छिटै सुचारु हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया