- सुरेन्द्र मेहता

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा राष्ट्रीय प्रजातन्त्र पार्टी र वडा नं २ मा नेपाली काग्रेस विजयी भएको छ।

वडा नं १ मा नेपाली काँग्रेस का उमेदवार युवराज दाहाललाई पछि पार्दै राप्रपाका उमेदवार लक्षमण प्रसाद मेहता निर्वाचित भएको भोक्राहा नरसिंह गाउँपालिका निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले बताएका हुन्। दाहालले ५४७ मत प्राप्त गरेका छन् भने मेहताले १०९० मत प्राप्त गरि विजयी भएका हुन्।

त्यसै गरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ मा नेपाली काँग्रेस का उमेदवार आलम अन्सारीले ८५५ मत प्राप्त गरि विजयी भएका हुन। उनका प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष पदका उमेदवार देवनारायण मेहता र एकीकृत समाजवादी पार्टीका उमेदवार फैयाज अन्सारीले ४४५ मत प्राप्त गरेका हुन। नेपाली काँग्रेसका उमेदवार अन्सारीको पूरै प्यानल विजयी भएको हो।

नेपाली काँग्रेस प्यानलमा महिला वडा सदस्यले ८५६, दलित महिला वडा सदस्यले ८४४, त्यसैगरि खुल्ला वडा सदस्यहरुले क्रमस: ८५९ र ८५० मत प्राप्त गरेका हुन।

तपाईको प्रतिक्रिया