नेपाली कांग्रेसले पुन: एक चोटी सुनसरीको इनरुवा वडा नं. १ मा साख जोगाउन सफल भएको छ। आज इनरुवा नगरपालिका वडा नं. १ को सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडा अध्यक्ष पदमा प्रमोद पोखरेल विजयी भएका छन। पोखरेलले कुल ८१३ मत प्राप्त गरका हुन।

त्यसैगरि नेपाली कांग्रेसबाटै महिला वडा सदस्यले ९५८ मत प्राप्त गरेका हुन भने दलित महिला सदस्यले ९४२ मत प्राप्त गरेका हुन। त्यसैगरी वडा सदस्यहरुले ९०३ र ९६५ मत प्राप्त गरेका हुन्। यो संगै इनरुवा वडा नं. १ मा नेपली कांग्रेसको प्यानलै नै विजयी भएको छ। वडा अध्यक्ष मै एमालेले ६८६, जसपाले ३७२ मत प्राप्त गरेको हो। वडा अध्यक्ष पोखरेल आफुलाई जनताको सुखदुख मै समर्पण गर्ने प्रतिवध्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया