- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको देवानगञ्ज‌ गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हरिनन्दन मेहता विजयी भएको छ।

जनता समाजवादी पार्टी (जसपा ) तर्फ बाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका हरिनन्द मेहता प्यानल सदस्य सहित निर्वाचित भएका छन।

स्वतन्त्र उमेदवार चुनाव चिन्ह कैँची छाप बाट किसुन देव मेहता लाई १५० मतले पछि पार्दे देवानगन्ज गाउँपालिका ६ का वडा अध्यक्ष पदमा जसपाका उमेदवार हरिनन्दन मेहता सदस्यहरु सहित प्यानल निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। उनी ७४२ मत ल्याएर विजय भएको बने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उमेदवार किसुनदेव मेहताले ५९२ मत मात्र प्राप्त गरेका हुन।

तपाईको प्रतिक्रिया