- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो।

भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लक्ष्म मेहताले १०९० मत ल्याइ भारी मतले प्यानल सहित निर्वाचित भएका छ्न। वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उमेदवार आलम अन्सारीले ८५५ मत ल्याइ प्यानल सहित निर्वाचित भएको छ ।वडा नम्बर ३ बाट एकीकृत समाजवादी पार्टीको तर्फ बाट उम्मेद्बारी दिएका धिरेन्द्र कुमार यादवले ४१० मत ल्याइ निर्वाचित भएका हुन।

वडा न.४ का नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदका उमेदवार हारुण अन्सारीले ८२५ मत ल्याइ प्यानल सहित निर्वाचित भएको छ । वार्ड न .५ बाट राप्रपा बाट वडा अध्यक्ष पदका उमेदवार हबिब मियाले ६१२ मत ल्याइ भारी मतले प्यानल सहित निर्वाचित भएका छ्न। वार्ड न.६ बाट नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उमेदवार सेराजुद्दिन मन्सुरीले ६०३ मत ल्याइ भारी मतले प्यानल सहित निर्वाचित भएका छ्न। वार्ड न.७ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार बोवा लाल यादवले ५३३ मत ल्याइ भारी मतले प्यानल सहित निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। वडा न. ८ मा नेपाली काङ्ग्रेस वडा अध्यक्ष पदका उमेदवार हाजी उसमान अन्सारीले ५९३ मत ल्याइ निर्वाचित भएका हुन।

तपाईको प्रतिक्रिया