- दिलिप कुमार साह

राजविराज । सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिकाबाट लागूऔषध सहित दुइ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका टोलीले वडा नम्वर ५ जाँजर स्थित चेकजाच गर्दा लागूऔषध सहित दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खडक नगरपालिका  वडा नम्वर ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चिदानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेका छन् । स ३ प ३६६१ नम्बरको मोटरसाइकलमा सवार भएर गइरहेका दुवै जनाको साथबाट १० थान डाइजिल्याव एम्पुल, ८ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया