- बिरेन्द्र शाह

इनरुवा नगरपालिका वडा नं ३ को सडक असार लाग्नु भन्दा पहिले नै हिलाम्मे भएको छ। इनरुवा वडा नं ३ शान्ति टोल स्थित सडक केहि दिन एता बिग्रेकोले गर्दा स्थानियलाई आवतजावत गर्न निकै कठिनाई भोग्नु परेको छ। इनरुवा नगरपालिका कार्यालय देखि पश्चिम पट्टि रहेको राजमार्ग जोड्ने उक्तबाटो स्थानिय निर्वाचन २०७९ भन्दा अगाडी नै बाटोको दुवै पट्टी पक्कि नाला निर्माण भै सकेको हो।

शान्ति टोल विकास संस्थाले जिम्मा पाएको उक्त नाला निर्माण पश्चात बाटोको स्तहभन्दा नाला बढी उचाईमा रहेकोले गर्दा सामान्य बर्षाले समेत सडकमा नराम्रो संग प्रभाव पर्ने स्थानियले बताउछन। जस्ले गर्दा सडकमा पानि जम्माभई सडक हिलाम्मे हुने गरेको छ। स्थानिय मुकेश पंडितका अनुसार “हामी टोलबासी बर्खा अगावै नै बाटोको अवस्था हेरेर चिन्तित छौ। यस समस्याबाट चाडो भन्दा चाडो नगरपालिका तथा नवनिर्वाचित जनप्रतिनिधिले निकास दिऔस्।”

यस विषयमा इनरुवा नगरपालिका वडा नं. ३ बाट नवनिर्वाचित वडा अध्यक्ष रमेश श्रेष्ठका अनुसार यो वडाकोलागि गम्भिर विषय हो र यस्लाई हर सम्भव यथाशिघ्र निकास दिने बताएकाछन्। आजैमात्र वडा कार्यालय प्रवेश गरेका वडा अध्यक्ष श्रेष्ठले वडाको आर्थीक देखि अन्य अवस्था बुझेर चाडो भन्दा चाडो उक्त सडकको अनुगमन गरि स्थाई वा अस्थाई समाधान दिने बताएका छन्।

तपाईको प्रतिक्रिया