- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हक हित तथा समृद्ध पालिका निर्माणकालागि बजेट जुटाउन संघिय राजधानी काठमाडौं पुगेका छन् । जनताको हकहित तथा समृद्ध पालिका निर्माणकालागि अध्यक्ष सहितको टोलि मंगलबार काठमाडौ पुगेका हुन।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ काठमाडौं पुगेको उनले बताए । आजाद भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुन् । उनले स्थानीय तह निर्वाचन २०७९ मा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्नका लागि आवश्यक बजेट जुटाउनकालागि राजधानी गएका हुन्। पदभार ग्रहण गरे लगतै बजेट व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखि राजधानी काठमाडौं पुगेका हुन्।

अहिले उनी सहितको टोलीले नेपाली काँग्रेसका शिर्ष नेता कृष्ण प्रसाद सिटौला, शशांक कोइराला, महिला नेतृ सुजाता कोइराला एवं नेपाल सरकारका प्रवत्ता तथा संचार तथा सूचना प्रविधी मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की समेतलाई भेटेर भोक्राहा नरसिंह गाउँपालिका भित्रको समस्या र समाधानका लागि योजना सहितको आवश्यक बजेटबारे ध्यार्नाषण गराएका हुन् । स्थानीय किसानहरुका लागि सिंचाई, ठुलो क्षेत्रफल ओगटेको यस गाउँपालिकाको सडकहरुको कालोपत्रे, मर्मत सुधार, बजार व्यवस्थापनकालागि पूर्वाधार निर्माण र शिक्षामा स्तरउन्नोति लगायतका योजनाहरु समेटेर आवश्यक बजेटको माँग गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताए।

तपाईको प्रतिक्रिया