भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले ३ वटा वडामा हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको छ। जेष्ठ १० गते पालिकाको बैठक बाट हेल्प डेक्स स्थापन गर्ने निर्णय गरेको हो।
भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १, २ र ७ को कार्यालयमा हेल्प डेक्स स्थापना हुने भएको छ। भने वाकी ५ वटा वडामा क्रमश रूपमा हेल्प डेक्स स्थापना हुँदै जाने पालिका अध्यक्ष अजमल अखतर अजादले जानकारी दिए। उक्त हेल्प डेक्सबाट वडा कार्यालयका सेवाग्राहीहरूलाई निशुल्क रूपमा फोटोकपी गर्ने, निवेदन लेख्ने, बिभिन्न फारम भर्ने, टाइपिङ, प्रिन्टिङ, इमेल, इन्टरनेट लगायतको सुविधा उपलब्ध हुने अध्यक्ष अजादले बताए। भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा बसेको बैठकले हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो। यही जेठ मसान्त भित्रमा हेल्प डेक्स सञ्चालनमा आउने अध्यक्ष अजादले इनरुवा अनलाइन संग बताए।