लायन बर्ष २०२२।२३ मा दर्ता हुने गरि सुनसरीकाे सदरमुकाम ईनरुवामा फेरि अर्को लायन्स क्लबकाे परिकल्पना गरिएकाे छ। “वि शर्भ” अर्थात हामी सेवा गर्छाैं भन्ने मुख्य नारा सहित अमेरिकाकाे चिकागाे सहरमा सन् १९१७ मा स्थापना भएकाे लायन्स क्लव सन् १९२० मा लायन्स क्लब अन्तर्राष्ट्रिय भएकाे थियाे । हाल लायन्स क्लव अन्तर्राष्ट्रिय २०० भन्दा बढि देशहरुमा फैलिएकाे छ । करिब ४८ हजार क्लव रहेका लायन्स अन्तर्राष्ट्रिय क्लवहरु रहेकाे र करिब १४ लाख यसका सदस्यहरु छन् ।

“माेर क्लव माेर ह्यान्ड एण्ड माेर सर्भिस” अर्थात धेरै क्लव भए धेरै यसका सदस्य हुने र धेरै सदस्य भए समाजमा धेरै सेवामूलक कार्यक्रमहरु हुने भएकाले पछिल्लो समयमा धेरै वटा लायन्स क्लवहरु खुल्दै गएका छन् । नेपालमा ४ वटा लायन्स डिष्ट्रिक्ट रहेकाेमा क्लवका संख्या बढेका कारणले नै लायन्स बर्ष २०२२/२३ देखि नेपालमा लायन्सकाे १५ वटा डिष्ट्रिक्ट बनाएकाे हाे । अब काेशि वारि मात्रै लायन्स डिष्ट्रिक्ट ३२५ सि रहने भएका छन् ।

नेपालकाे पहिलाे लायन्स क्लव “लायन्स क्लब अफ बिराटनगर” सन् १९७१ मा स्वर्गीय मातृका प्रसाद काेईरालाले स्थापना गरेका थिए । बिराटनगरमा अहिले करिब ५० वटा लायन्स क्लव, ईटहरीमा करिब ३५ वटा क्लव र धरानमा पनि करिब २५ वटा क्लव भईरहदा ईनरुवामा सक्रिय क्लवकाे खाेजि हुदै आएकाे हाे । समाजमा केही याेगदान गर्ने उदेश्य लिएका समाजका प्रतिष्ठित र सकृय व्यक्तिहरु मिलेर सेवाका कार्यक्रम गर्दै नेतृत्व विकासका लागि क्लव गठन हुने गरेका हुन्छन् । “ओरगनाईज्ड फर चेन्ज” अर्थात समाजिक रुपान्तरणका लागि गठित भनेर “लायन्स क्लव अफ ईनरुवा ट्रान्सफर्मेसन” काे कल्पना गरेर अगाडि बढेकाे ईन्सपाईरिङ्ग लायन्स डा बालकृष्ण साह बताउछन् । “ईनरुवामा लायन्स क्लवहरु छन्, तर अझै पनि लायन्सकाे ब्रान्डिङ्ग गर्ने र सक्रिय क्लवकाे अावश्यक्ता छ, जुन लायन्स क्लव अफ ईनरुवा ट्रान्सर्फमेसन् ले पूरा गर्ने छ” डा साहले बताए । इनरुवा र आसपासका समाजसेवी र सकृय सदस्यहरुले गठन गर्न खाेजिएकाे लायन्स क्लव अफ ईनरुवा ट्रान्सफर्मेसन्लाई लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनलले अभिभावकत्व प्रदान गर्ने बताईएकाे छ ।

तपाईको प्रतिक्रिया