- सुरेन्द्र मेहता

इनरुवा। गणतन्त्र दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्राङ्गणमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमा गाउँपालिकाका स्थानीयबासी, कर्मचारी, सशस्त्र प्रहरी, सन्चारकर्मी, समाजसेवी लगायत जम्मा ५१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष युवराज दाहालले जानकारी दिएका थिए ।

रक्तदान कार्यक्रमा सुनसरी जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रमुख सन्जय सिंह थापा, भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्द मेहता, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष युवराज दाहाल लगायत स्थानियको उपस्थिति रहेकोे थियो।

तपाईको प्रतिक्रिया