इनरुवामा आजबाट होटल लेमन औपचारिक रुपमा संचालनमा आएको छ । औपचारिक रुपमा उद्घाटन कार्यक्रमको आयोजना गरी होटल संचालनमा ल्याइएको हो । इनरुवाका पुराना सुनचाँदी व्यवसायी सुरेन्द्र स्वर्णकारले संचालनमा ल्याएको होटल लेमनको प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले उद्घाटन गर्नु भएको छ ।

परिवारमैत्री वातावरण भएको उक्त होटलको कोइरालाले रिवन काटेर उद्घाटन गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयको छेउ, भगवती मन्दिर अगाडी रहेको होटललाई परिवार सहितको उपस्थितिमा रम्न सकिने गरी तयार पारिएको संचालक स्वर्णकारले बताए ।

शान्त वातावरण र पर्याप्त पार्किङको व्यवस्था भएकाले होटल लेमनले सबै ग्राहकको मन जित्ने संचालकको विश्वास छ । होटल संचालक स्वर्णकारले बताए अनुसार होटलमा क्याबिन सहितका कोठाहरु पर्याप्त रहेका छन् ।त्यसैगरी लज समेत संचालनमा ल्याइएको उनले बताए । होटलमा हाँस, परेवाको मासु सहित परम्परागत र ग्राहकको रोजाई अनुसारका परिकार तयार पारिने बताइएको छ । होटल लेमनले उद्घाटनको अवसर पारेर तीन दिन ग्राहककालागि विशेष छुट प्याकेज संचालनमा ल्याएको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया