इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा तरुण दलले खबरदारी र्यालीको आयोजना गरेको छ । नेपाल तरुण दल नगर कार्य समिति इनरुवाले सरकारको आलोचना सहित खबरदारी गर्दै मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।

इनरुवा बाट सुरु तरुण र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । नगर प्रमुख समेत रहेका राजन मेहताले नेतृत्वको गरेको मोटरसाइकल र्याली नगरको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त कोण सभालाई नगर प्रमुख मेहता सहितका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले वर्तमान सरकार भ्रष्ट भएको आरोप लगाए । भ्रष्टाचार र बेथिति बढ्दा समेत सरकार लाचार बन्नुले सरकारको नियत स्पष्ट देखिएको बताए ।

उनीहरुले ओली सरकार प्रति जनताको विश्वास गुमेको भन्दै निकम्मा सरकारको काम नरहेको बताए । नेपाल सरकार बिरुध बिरोध गर्नु होम्रो यो रहर होईन सत्तापक्षले हामीलाई बाध्य बनाएको आरोप लगाउदैं नेपाल तरुण दल नगर कार्य समिति ईनरुवाका अध्यक्ष तथा उद्योग बाणिज्य संघ इनरुवाका सहसचिव सुरेन्द्र शाहले कोण सभालाई समापन गर्दै आफ्नो मन्तव्य राखेका थिए ।

नेपाल तरुण दल सुनसरी जिल्ला सचिव रमेश कटुवालले उक्त विरोध र्यालीको संयोजन गरेका थिए। नेपाली काँग्रेसले भोलि देशभर आयोजना गर्न लागेको सरकार विरुद्धको विरोध सभाको पूर्व तयारी स्वरुप तरुण दलले मोटरसाइकल र्याली निकालेको हो । नेपाल तरुण दल नगर कार्य समिति इनरुवाले आयोजन गरेको मोटर साईकल र्यालिमा संघिय सांसद सिताराम मेहता, प्रदेश न. १ प्रतिपक्षी दलका नेता तथा नेपालि कांग्रेस सुनसरीका सभापति राजिव कोईराला, नेपालि कांग्रेस सुनसरीका उपसभापति संजय श्रेष्ठ, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो । बिरोध र्यालिमा सयौको संख्यामा यूवाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया