नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहा सुनसरीको २१औं वार्षिक साधारण सभा उद्घाटन गरिएको छ ।वार्षिक साधारण सभा २०७७ को नगर प्रमुख राजन मेहताले शुभारम्भ रहेका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै नवयुगले स्वास्थ्य सावधानीका उपाय अपनाएर साधारण सभा आयोजना गरेको छ ।

संस्थाको तर्फबाट कार्यालयमा भवनमा वार्षिक साधारण सभाको औपचारिक शुभारम्भ कार्यक्रम आयोजना गरिएको थियो ।साधारण सभामा संचालक समितिका तर्फबाट संस्थाका अध्यक्ष अन्जनीकुमार न्यौपानेले संस्थाको प्रगति र आगामी नीति तथा कार्यक्रम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका छन् ।


आइतबार सभा उद्घाटनको आयोजना गरिएपनि साधारण सभाका समूहगत कार्य भने पुष ११ गते सम्म चल्ने नवयुव बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक दिलीपकुमार पोखरेलले बताए । पोखरेलका अनुसार यस पटक समूह समूहमै स्वास्थ्य सावधानी अपनाई प्रगति विवरण सहित आगामी योजना निर्क्यौल गरिने छ ।

तपाईको प्रतिक्रिया