- सुरेन्द्र मेहता

इनरुवा। नेपाल कुशवाहा कल्याण समाजले नव निर्वाचित जनप्रतिनिधिहरुलाई इनरुवामा स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका ८ (गणेशपुर) स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार ३१ जना नवनिर्वाचित, ११ जना कर्मचारी ४ जना अपाङ्ग, ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार, व्यापारी,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई कल्याण समाजले शुभकामना आदानप्रदान तथा स्वागत सम्मान गरेको कार्यक्रमका संयोजक राज कुमार मेहताले जानकारी दिएको हो।

संयोजक मेहताका अनुसार बैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा कुशवाहा जातीबाट निर्वाचित भएका पदाअधिकारीहरुलाई कुशवाहा कल्याण सामाजले स्वागत सम्मान गरेको बताए ।कार्यक्रमका प्रमुख अथिती माननीय सिताराम मेहताले विशिष्ट अथिती इनरुवा नगरपालिका उपाध्यक्ष विनिता मेहताले लवकुशको फोटोमा फुलमाला, अबिरको टीका लगाइ र मैनबती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

स्वागत मन्तव्यमा कोशी गाउँपालिकाका चन्द्रदेव मेहताले कुशवाहा समाजमा सामाजिक, आर्थिक र राजनीति लगायतका कमिकजोरीलाई सुधार गरेर अगाडि बढन आग्रह गरेका थिए।नेपाल कुशवाहा कल्याण समाजका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष मधुलाला मेहताले स्वागत मन्तव्यमा कल्याण समाजलाई शिक्षा, स्वास्थय, सन्चार लगायतका क्षेत्रमा कुशवाहा समुदायका व्यक्तिहरुलाई अगाडि बढनकालागि आग्रह गरेका थिए। जिल्ला अध्यक्ष श्रीलाल मेहताले सभालाई सम्बोधन गर्दे सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका थिए। त्यसैगरि कार्यक्रमा मनोरञ्जन तर्फ गायक प्रकाश अनुरागको मैथिली भाषामा देशभक्ती गीत तथा नृत्य प्रस्तुति रहेको थयो भने कार्यक्रमको उद्दघोषण विनोद मेहताले गरेका थिए ।

त्यसैगरि कुशवाहा कल्याण समाजका जेष्ठ नागरिक पुर्णी देवि मेहता, बजरङी देवि मेहता, जहरी देवि मेहता, गङाइ, रामकिसुन मेहता, अवध नारायण मेहता, झमेली देवि महतो, बचिया देवि मेहता, इन्द्रवति देवि मेहता, रामजी मेहता, जिब्छ महतो, सुकदेव मेहता, लगायतका व्याक्तीहरुलाई माननीय सीता राम मेहता तथा इनरुवा नगरपालिका उपाध्यक्ष विनिता मेहताले सम्मान गरेका थिए।

कार्यक्रमा देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन मेहता, देवानगन्ज गाउँपालिका ३ का वडा अध्यक्ष सुशील कुमार मेहता, त्यसै गरि वडा नं. ६ का वडा अध्यक्ष हरिनन्दन मेहता भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहता २ का वडा सदस्य बलदेव मेहता वडा न.४ का वडा सदस्य शिव नारायण कुशवाहा, पत्रकार सुरेन्द्र मेहता, मनोज मेहता, श्याम देव मेहता, अशोक मेहता, बुध सागर मेहता , शिक्षक सुरेन्द्र मेहता, लगायत बुद्धिजिवि, समाजसेवी र गाउँवासिको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया