जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्‍याइएको छ । भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया