lahan police accident१५ माघ सिरहा।इलाका प्रहरी कार्यालय लहानको मोवायल गाडी बिहिबार राती दुर्घटना हुँदा तिन जना प्रहरी घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गमा सवारी साधन स्कटिङमा रहेको ना ३ झ ६४३ नम्बरको पिकअप सिरहा जिल्लाको लहान नगरपालिका ११ स्थित भोटिया टोलमा पछाडी रहेको सवारीलाई साईड दिनेक्रममा अनियन्त्रित भई सडक किनारमा रहेको कल्भर्टमा ठोक्किएको हो।

दुर्घटनामा प्रहरी सहायक निरिक्षक गणेश प्रधान, प्रहरी जवान चन्द्र चौहान र चालक राम बहादुर खड्का घाइते भएका छन्।घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारकालागि स्थानीय रा.उ. अस्पताल लहान लगिएको इलाका प्रहरी कार्यालय लहानले छ।

 

तपाईको प्रतिक्रिया