जिल्ला समन्वय समिति सुनसरीको सम्पन्न निर्वाचनमा गठबन्धन दलले प्यानल जितेको छ ।

प्रमुख, उपप्रमुख र दलित महिला सदस्य गरी तीन पदकोलागि आज सम्पन्न निर्वाचनमा तीनवटै पद जीतेसँगै गठबन्धनले जिससमा प्यानल जीत हात पारेको छ ।
निर्वाचन परिणाम अनुसार जिसस सुनसरीको प्रमुखमा इनरुवामा पूर्व मेयर राजन मेहता निर्वाचित भएका छन ।
त्यसैगरी उपप्रमुखमा कमला दहाल बिजयी भएकी छिन । दलित महिला सदस्य तर्फ समेत गबबन्धन दलकै उम्मेदवार कुमारी विश्वकर्मा निर्वाचित भएकी छिन ।
मत परिणाम अनुसार बिजेता तीनैजना उम्मेदवारले समान १४–१४ मत ल्याएका छन । पराजित उम्मेदवाहरुले १०–१० मत प्राप्त गरेका छन ।
९ पद मध्ये गठबन्धनबाट एकल उम्मेदवारी परेका कारण सदस्य तर्फका अन्य ६ जना भने यस अघिनै निर्विरोध भैसकेका छन ।
सदस्य तर्फ निर्विरोध हुनेहरुमा टंक प्रसाद गुरुङ, सलिम मिया, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारी देवी चौधरी र भुपेन्द्र उराँव रहेका रहेका छन ।

तपाईको प्रतिक्रिया