trusted online casino malaysia
trusted online casino malaysia
- अमर काफ्ले

इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उपप्रमुख बिनिता कुमारी मेहताले वार्षिक बजेट सार्वजनिक गरेकी हुन ।

प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण तथा वातावरण संरक्षणलाई जोड दिइएको छ ।

त्यसैगरी व्यवसायिक कृषि, पशुपालन तथा आज आर्जनका कृयाकलाप विस्तार गरिने, संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहकालागि आधारभूत पूर्वाधार निर्माण गर्ने र मापदण्ड अनुसारको भौतिक पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिइने विषय कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा गौरबको आयोजनाका रुपमा इनरुवा १ मा रहेको शिव मन्दिर र इनरुवा २ को दुर्गा मन्दिरलाई समावेश गरिएको छ । यस्तै शैक्षिक प्रोत्साहनका रुपमा नगर प्रमुुख छात्रवृती कार्यक्रम अन्र्तगत साइकल वितरण, जेष्ठ नागरिक मिलन केन्द्र निर्माणलाई समेत गौरबको आयोजनामा समेटिएको छ ।शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास, कला साहित्यका साथै जातजाति तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन लगायतका सवालमा समेत आवश्यकताका आधारमा यथेष्ट कार्यक्रम र बजेट खर्चिने कार्यक्रममा समावेश छ ।जिमखाना संचालनमा ल्याइने, बजार तथा कार्यालय लक्षित सीसी क्यामेरा जडान, सार्वजनिक स्थानमा फ्रि वाइफाइ जडान, इनरुवा ४ मा रहेको कृषि थोक बजारमा आधुनिक संरचना निर्माण गरी प्रदेशकै नमूना बनाइने जस्ता कार्यक्रमलाई समेत नगरले वार्षिक योजनामा समेटेको छ ।

वार्षिक कार्यक्रममा व्यापारिक करमा छुट दिइने, रात्रिकालीन बजारको व्यवस्था मिलाइने, हरित नगरको निर्माण, उचित पार्किङ जस्ता योजना तथा कार्यक्रम समावेश छ ।यसैबिच कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख केदार भण्डारीले हौसियर भन्दा पनि मितव्ययी तवरले बजेट निर्माण गरिएको बताए । उनले विगतको घाटा बजेटलाई ख्याल गरी नीति तथा कार्यक्रम तय गरिएको बताए । भण्डारीले ठूलो आकारको बजेट ल्याउनु भन्दा पनि उपलब्ध स्रोतसाधन र अनुदानलाई ध्यानमा राखी बजेट ल्याएका बताए ।

भण्डारीले बजेटले नगरका सबै क्षेत्रलाई समेटेको समेत बताए । क्रमागत रुपमा योजना अघि बढाइने बताएका भण्डारीले समृद्ध नगरको परिकल्पना साकार पार्न प्रस्तुत नीति तथा कार्यक्रम फलिफाप सिद्ध हुने बताए । भण्डारीले प्रस्तुत नीति, कार्यक्रम तथा बजेट नगर सभाबाट स्विकृत भैसकेको समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia