trusted online casino malaysia
trusted online casino malaysia

सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा र नेपाल निजामती कर्मचारी संगठन सुनसरीको संयुक्त आयोजनामा १ सय ५० बढी सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो ।


विभिन्न पद र ओहदामा रही अवकाश पाएका राष्ट्रसेवक कर्मचारीहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो ।


सेवा निवृत्त कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय महासचिव जिवन काफ्ले र राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाका अध्यक्ष लेखनाथ पौडेलले सम्मान गर्नु भएको छ । सेवा निवृत जीवन बिताई रहेका कर्मचारीहरु बिच मिलन गराउने र अनुभवका साथै सुख दुःख साटासाट गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव कुमार न्यौपानले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका तर्फबाट कार्यगत प्रगति, अपेक्षा गरिएका कार्यक्रमका साथै नियमित कार्यक्रम र वार्षिक साधारण सभाको लक्ष्य, वित्तिय अवस्था लगायतका बारेमा समेत जानकारी गराइएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia