trusted online casino malaysia
trusted online casino malaysia

सुनसरी खोला किनारमा रहेको श्मशान घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ ।

आर्थिक अभावमा निर्माणको कार्य सम्पन्न गर्न ढिलाई हुन पुगेको भन्दै स्वर्गद्वारी घाट निर्माण कार्य समितिले नगर प्रमुख केदार भण्डारीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
लामो समय बितिसक्दा समेत घाट निर्माणले पूर्णता पाउन नसकेकाले नगरपालिकाको साथकालागि ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष पहल बहादुर कटुवालले बताए ।


नगर प्रमुख समक्ष भेटका क्रममा कटुवालले घाट निर्माणका क्रममा केहि संरचना तयार भएपनि अपुरो रहेकाले रकम अभावमा निर्माण सम्पन्न गर्न कठिनाई भएको बताए ।
कटुवालले घाट निर्माणको सम्वन्धमा नगरपालिका समक्ष अपनत्व ग्रहण गर्ने वा निर्माण कार्य समितिलाई सहयोग उपलब्ध गराउने मध्येको कुनै एक विकल्प साथ अघि बढ्न सुझाएको बताए ।
उनले यस अघिनै स्वर्गद्वारी घाटलाई नगरको गौरवको आयोजनामा समावेश गरिए पनि ओझेल परेको बताए । कटुवालले अघिल्लो मेयरले उपेक्षा गरेकाले नयाँ प्रमुखले जिम्मेबारी बोध गरिदिन आग्रह समेत गरे ।
यता समितिको ज्ञापन पत्र बुझेका नगर प्रमुख भण्डारीले घाट निर्माण तथा पूर्वाधार व्यवस्थापनका सवालमा आफुले सकेको सहयोग उपलब्ध गराउने बताए । डिजाइन अनुसार काम गरिनु उपयुक्त हुने बताएका भण्डारीले त्यसकालागि समेत नगरपालिकाको साथ र सहयोग रहने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia