trusted online casino malaysia
trusted online casino malaysia

नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सचिव राकेश निरौलाले पार्टी परित्यागको घोषणा गरेका छन ।

निरौलाले गुट र आन्तरिक कलहमा फँसेको पार्टी भित्र रहिरहन उचित नलागेकाले कांग्रेस परित्यागको निर्णयमा पुगेको बताए । सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको आफ्नो निर्णय सार्वजनिक गरेका निरौलाले नेपाली कांग्र्रेसमा आफ्नावाद हावी बन्न पुगेको भन्दै चरम असन्तुष्टि पोखेका छन ।
उनले भनेका छन, ‘१० वर्षिय पार्टीगत भूमिका र जिम्मेबारीका सवालमा दिनरात नभनी खटिए । बुद्धि, विवेक, सिकाई र सकृयतालाई भरपुर प्रयोग गरे । पार्टीको विधि र विधानलाई आत्मसाथ गर्दै संगठन विस्तार देखि पार्टीको प्रभाव बढाउन इमान्दार र कर्तव्यनिष्ठ सिपाई भएर अघि बढे । तथापी, पार्टीले मूल्यांकन गरेन ।’
मेरो भूमिका, योगदान, इमान्दारिता र निष्ठालाई पार्टीले नजरअन्दाज गर्यो । पार्टी भित्रको गुट र अग्रज नेताहरुको व्यक्तिगत कलह र प्रतिशोधको शिकार बन्न पुगें । तसर्थ, स्वेच्छाले कांग्रेस त्याग्ने निर्णय लिएको हुँ । उनले भने ।


पार्टी परित्यागको घोषणा गरेका निरौलाले अब उपरान्त आफु कुनै दलमा नलाग्ने समेत बताएका छन । प्रतिकृयाको क्रममा उनले आफु स्वतन्त्र रहने बताए । उनले सामाजिक अभियान्ताका रुपमा दिनदुखीको सहयोगमा दिनचर्या बिताउने आशय व्यक्त गरेका छन ।निरौला नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट इनरुवा नगर सचिबमा निर्वाचित भएका थिए । निरौला नगर तर्फको मत परिणाममा अन्य उम्मेदवार भन्दा बढी मत ल्याएर बिजयी बनेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia