हात धोऔं,स्वस्थ रहौं / संयुक्त रास्ट्रसंघिय जनसंख्या कोष ( युएनएफपीए ) र आड्रा नेपालको सहयोगमा सुनसरी जिल्लामा बिगत ५ वर्ष देखि संचालित परिवार नियोजन सम्बन्धि (UNFPP) परियोजना  समापन भएको छ । दातृ निकाय यु के एड को आर्थिक सहयोगमा संचालित परियोजनाले सुनसरीको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा फिल्ड स्तरमा भी.एस.पी. हरु मार्फत विशेष गरी इमप्लान्ट र आइ.यू.सी.डी सेवा पुर्याउदै आएको थियो । परियोजनाले स्वास्थ्य कार्यालयमा प्रगति विवरण सार्वजनिक गर्दै कार्य समाप्तीको घोषणा गरेको छ ।

परियोजना मार्फत जिल्लाका ५ वटा प्रा.स्वा.के,४७ वटा हेल्थ पोस्ट र १० वटा सहरी स्वास्थ्य क्लिनिकमा परियोजनाका दक्ष नर्सिङ्ग स्टाफहरु स्वयम् उपस्थित भई सेवा दिइएको छ । त्यसका अलावा स्वास्थ्य संस्थामा तालिम नपाएका स्वास्थ्यकर्मी भएमा उनीहरुलाई तालिमको व्यवस्था गरिदिने र तालिम पश्चात समेत आवश्यक्ता अनुसारको थप सीप र औजारको व्यवस्था मिलाइएको जानकारी दिइयो ।

परियोजनाले स्वास्थ्य संस्था मा कम्तिमा ५ वटा परिवार नियोजनको सेवा पुर्याउने सरकारको लक्ष्यमा सहयोग पुगेको युएनएफपीएका काशी पोखरेल ले बताए । पोखरेलले परियोजना को विविध क्रियाकलापको सहयोगले सुनसरी जिल्लाको सी.पी.आर पनि बिगत ५ बर्षमा ३८.५ ५ बाट बढेर ४६ ५ मा पुग्न सफल भएको बताए । उनले भएका उपलब्धि हरुको निरन्तरता र दिगोपन को लागि स्वस्थ्य कार्यालयले अहम भूमिका निभाउनु पर्ने बताए ।कार्यक्रममा सुनसरीको विभिन्न पालिकाका स्वास्थ्य संयोजकहरु लगायत स्वास्थ्य कार्यालय सुनसरीका फाट सुपरभाइजरहरु र भी.एस.पी. समेतको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजना ले हासिल गरेको बिस्तृत विवरण को प्रस्तुति आड्रा नेपालकी सुनसरी संयोजक जेनिश चौधरीले प्रस्तुत गरेकी थिइन् ।उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलल, स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धारणा राख्नले सिकेको सीप र ज्ञानको सदुपयोग गरी उचित सेवा प्रवाहमा जोड दिनु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया