- दिपेन्द्र यादव

राम्रो सपना बोकेर आफ्नो घरपरिवार अनी साथीभाईको साथ छोडेर विदेश जानेबारे सोच्दै हुनुहुन्छ ? यदी सोच्दै हुनूहुन्छ भने हासियार ? पर्खनुस्, तपाईं विदेश जानुअघि केही आधारभूत कुरामा चुक्नुभयो भने तपाईंले भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ ।जुन दुख भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का २६ वर्षिय संजय मण्डललाई भयो ।

भोक्राहा नरसिंह वार्ड नं. ७ का गरिब परिवारका संजय मण्डललाई बिदेश जाने पैसा थिएन् तर जग्गा चाहीँ उनको हजुरबुबाको नाममा करिब १ बिघा थियो । त्यो जग्गा मध्ये उनी र उनका हजुरबुवा, बुबा लगायत परिवारको सहमतिमा १० कठ्ठा जग्गा धितो पास गराई साहु सँग रकम लिएका थिए ।आफ्नो बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुपर्छ भन्ने थाहैँ थिएन् ।मण्डल रोजगारीका लागि घरपरिवार अनि आफन्तलाई छोडेर साउदी पुगे अनी मात्र उनलाई दलालले ठगी गरेको महसुस भयो ।

उनलाई आप्रवासी श्रोत केन्द्र सुनसरी, इनरुवाको सहयोगमा नेपाल (घर) फर्काएको छ ।त्यस्तै दलालको फन्दामा परेर ठगिने सम्भावनालाई कम गर्न पनि तपाईंमा यस विषयमा सचेतना र जागरण हुनु आवश्यक रहेको सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराई जानकारी दिएको छ ।कार्यक्रम संयोजक भट्टराईका अनुसार दलालको माध्यमबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेको बताए । यसै कारण विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेलको सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने सम्म हुनसक्छ । त्यसैले रोजगारमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिन जरुरी रहेको बताए ।


तपाईको प्रतिक्रिया