trusted online casino malaysia
trusted online casino malaysia

म्याद थप नभएपछि आन्दोलित बनेका इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोस्रो दिन समेत आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन ।करार सेवाबाट हटाइएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज समेत नगरपालिका मूल गेटमा धर्नामा बसेका छन । धर्ना र बिरोधका कारण कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन ।आन्दोलनका कारण नगरपालिकाको सेवा प्रवाह ठप्प बनेको छ । आन्दोलित समूहले सबै वडा कार्यालयमा पुगेर तालाबन्दी समेत गरिएको जनाएको छ ।निष्काशनमा परेका कर्मचारीको साथमा अघिल्लो दिनबाटै उभिएको एमाललेले थप रणनीति बनाएर अघि बढ्ने तयारी थालेको बुझिएको छ । यता सो आन्दोलनमा पूर्व जनप्रतिनिधिहरु समेतले ऐक्यवद्धता जनाउने क्रम बढेको छ ।हिजो कार्यालय समय लगत्तै सुरु आन्दोलन मत्थर पार्न म्याद थप नगरिएका मध्ये केहिलाई म्याद थप गरिदिने आश्वासन दिइएको भन्ने समेत बुझिन आएको छ । उक्त कुरा स्वयं आन्दोलनमै रहेका सहभागीबाटै खुल्न आएको छ ।

कार्य मूल्यांकनको आधार देखाउँदै नगरपालिकाले ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले हिजोबाट आन्दोलन चर्काएका हुन ।निष्काशनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन । मेयर,उपमेयरका साथै सांसद, काँग्रेसका नेता, पहँचवाला कार्यकर्ता, वडा अध्यक्षका आफन्त लगायतको करार अवधि भने थप गरिएको उनीहरुको भनाई छ ।कर्मचारी निष्काशनको विषयलाई लिएर नेकपा एमाले नगर कमिटीले समेत बिरोध जनाएको छ । उसले नगरपालिकाको उक्त कदमलाई स्वार्थगत निर्णय भनेको छ । एमाले इनरुवा नगर कमिटीका तर्फबाट नगर अध्यक्ष प्रेम पौडेल र सचिव मेघराज न्यौपानेले विज्ञप्ती मार्फत नगरपालिको निर्णयको भत्सर्ना गरेको छ ।यसैबिच पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट इनरुवाको मेयरका प्रत्यासी उम्मेद्बार रहेका सरोज पोखरेलले कांग्रेसबाट निर्वाचित मेयर केदार भण्डारीले बिरोधाभाषपूर्ण निर्णय गरेको बताएका छन । उनले नगरपालिकाले बिना आधार र मापदण्ड पूर्वाग्राही ढङ्गले कर्मचारी निष्काशन गरेको बताएका छन ।

यता नगर प्रमुख केदार भण्डारीले नगरपालिकाले निर्णय गरी कार्य मूल्यांकनका आधारमा कर्मचारी कटौती गरिएको बताएका छन । उनले नगरपालिकामा आवश्यकता भन्दा बढी संख्यामा करारका कर्मचारी रहेको पाइएकाले पछिल्लो निर्णय लिइएको बताए ।भण्डारीले नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी करारमा राखिएको र कामै नगरी तलब भत्ता बुझ्ने गरेको पाइएकाले समेत कर्मचारी कटौती गर्नु परेको बताए । उनले कर्मचारी कटौती गर्दा वार्षिक बच्ने २ करोड १७ लाख रकम नगर बिकासमा खर्चिने बताए ।भण्डारीले केही कर्मचारीको म्याद थप नगरिएपछि आफुमाथि विभिन्न आरोप लगाउन थालिएको बताए । त्यस्ता आरोपमा कुनै सत्यता नभएको बताएका भण्डारीले विपक्षी दलका नेताहरुलाई खुला बहसमा आउन चुनौति समेत दिएका छन । उनले नगरपालिका कर्मचारी भर्ती केन्द्र बन्यो भन्दै हिंड्ने र कटौती गर्न सुझाव दिनेहरुनै बिरोधमा उत्रिनुलाई दोधारे प्रवृति भएको बताए ।नगर प्रमुख भण्डारीले आवश्यक्ता र कार्य मूल्यांकनका आधारमा केहिको करार अवधि थप गरिएको र अन्यको हकमा म्याद थप नगरिएको स्पष्ट पारे । भण्डारीले बाँकी म्याथ थप गरिएका करारका कर्मचारीहरुको समेत कार्य मूल्यांकनलाई आधार मानी थप निर्णय लिइने बताए । उनले हटाइएका सबै क्षेत्रका कर्मचारीको सवालमा पर्याप्तता र आवश्यक्ताका आधारमा निर्णयमा पुगिएको बताए ।इनरुवा नगरपालिकाले शनिवार सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागु हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia