trusted online casino malaysia
trusted online casino malaysia

कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज आज पाचौं दिन समेत ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिदा नगर सहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले आन्दोलन चर्काउदा विभिन्न संगठन तथा पार्टीहरुले ऐक्यवद्धता समेत जनाइ रहेका छन ।

निष्काशनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन । उनीहरुले हटाउँदा करारका सबैलाई समान तवरले हटाउनु पर्ने अडान लिएका छन । यता इनरुवा नगर प्रमुख केदार भण्डारीले भने नगरपालिकाले आवश्यकताका आधारमा कार्य मूल्यांकनलाई ध्यान दिई कर्मचारी कटौती गरिएको स्पष्ट पार्नु भएको छ । भण्डारीले अन्य बाँकी कर्मचारी समेत कार्य मूल्यांकनका आधारमा कटौती गरिने बताउनु भयो । यसैबिच आन्दोलनको विषयमा निर्णय लिन बसेको कार्यपालिका बैठकले हटाइएका कर्मचारी फिर्ता हुन नसक्ने स्पष्ट पारेको छ । बैठकले बाँकी अन्य करारका कर्मचारीको बढीमा तीन महिना भन्दा म्याद नथपिने र त्यसपछि लोकसेवाबाट कर्मचारी पदपूर्ति गरिने निर्णय गरेको छ । नगरपालिकाको पछिल्लो निर्णय सँगै आन्दोलित कर्मचारीले बिरोधका कार्यक्रमलाई थप चर्काउने बताएका छन । उनीहरुले कार्यालयको ताला नखोलिने भन्दै अनशनमा बस्ने बताएका छन । इनरुवा नगरपालिकाले साउनको १ गतेबाट लागु हुनेगरी ५७ जना कर्मचारी म्याद थप नगरी हटाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia